काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्ने गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाएकी छन्।
काठमाडौँमा वडा नम्बर ३५ भनेर हुँदै नभएको वडाको नाममा पनि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले हुँदै नभएको ठाउँमा बजेट विनियोजन गर्ने र प्रिन्ट मिस्टेक भनेर सरकारले जवाफ दिने काम गरेकोमा आफूलाई पटक्कै चित्त नबुझेको बताइन्।
उनले बजेट पहुँचको आधारमा मात्रै विनियोजन गरिएको, भौतिक पूर्वाधारको विकास गर्दा प्राकृतिक सौन्दर्यको ध्यान दिन नसकेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
उनले भनिन्, ‘यतिसम्म लापरबाही कि हुँदै नभएको स्थानको सिर्जना गरेरसमेत बजेट विनियोजन भएकोजस्तो मैले महसुस गरेको छु। यहाँ यो रातो किताबमा एउटा ठाउँमा लेखिएको छ, काठमाडौँ–३५ खहरे, मूलपानी‘ अन्यअन्य।
तत्कालीन समयमा काठमाडौँ ३५ थियो होला। संविधान जारी भएर दुईटा आवधिक निर्वाचन भइसक्यो। अझै पनि काठमाडौँ ३५रु कहाँबाट सिर्जना भयोरु यो हुँदै नभएको स्थान सिर्जना गरेर बजेट विनियोजन गरेकोजस्तो। यो कुरा चाहिँ मलाई चित्त बुझेन।’