गण्डकीको बजेट : उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड - Chaitanya News
  • 2026-05-02
  • 16:32:33
  • शनिबार,बैशाख १९, २०८३
  • गण्डकीको बजेट : उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड

    गण्डकीको बजेट : उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड

    काठमाडौँ– गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। शुक्रवारको प्रदेशसभा बैठकमा आर्थिक वर्षको बजेट वाचन गर्दै अर्थमन्त्री जित प्रकाश आले मगरले बजेटले ‘उत्पादन र उत्पादकत्व अभिवृद्धि, पर्यटन प्रवर्द्धन, औद्योगिकीकरण सुदृढीकरण’मा जोड दिएको बताए।

    त्यस्तै बजेटमा ‘कृषि उत्पादन बढाऔँ, आयात प्रतिस्थापन गरौँ’ भन्ने नाराका साथ कृषिजन्य बस्तुको निर्यात प्रवर्द्धनका लागि ७ करोड बजेट विनियोजन गरिएको छ। त्यस्तै बाझो जमिन प्रयोगमा ल्याउन १ करोड ५२ लाख रकम विनियोजन गरेको अर्थमन्त्री मगरले घोषणा गरे।