पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख बजेट विनियोजन गरेका हुन्।
बाँदर प्रभावित क्षेत्रमा घाँस खेती गरी पशुपालन खेती गर्न कृषकलाई प्रवर्द्धन गरिने मन्त्री मगरले बताए। ‘कृषि क्षेत्रको अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने गर्ने, बजारीकरण गर्ने, सितभण्डार गर्न बजेट विनियोजन गरेको छु,’ उनले भने, ‘कृषिको व्यवसायीकारण गर्न र कृषि उत्पादन प्रांगारिक मल गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
मन्त्री मगरले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन गरेको सुनाए। प्रदेश भित्रका ५ सय रोपनी जग्गाको चक्कालबन्दी गर्ने उनले सुनाए। प्रदेशका अधिकार भित्र रहेको सहकारीका क्रियाकलापमा नियमित र संघन अनुगमन गरिने उनले घोषणा गरे।