बागमती प्रदेश सरकारले स्थानीय तहलाई ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्यायो - Chaitanya News
  • 2026-05-02
  • 16:33:07
  • शनिबार,बैशाख १९, २०८३
  • बागमती प्रदेश सरकारले स्थानीय तहलाई ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्यायो

    बागमती प्रदेश सरकारले स्थानीय तहलाई ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्यायो

    हेटौँडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसेको प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा समानीकरण अनुदान बापत प्रदेशका ११३ स्थानीय तहमा १ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए।

    प्रदेश सरकारले स्थानीय तहका लागि सशर्त अनुदान तर्फ २ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदान तर्फ २ अर्ब ३५ करोड ७ लाख र विशेष अनुदान तर्फ ७३ करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ।