विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर - Chaitanya News
  • 2026-05-25
  • 22:53:20
  • सोमबार,जेठ ११, २०८३
  • विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

    विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    आज डलरको खरिद दर १३१ रूपैयाँ १९ पैसा र बिक्री दर १३१ रूपैयाँ ७९ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ०२ पैसा र बिक्री दर १४२ रूपैयाँ ६७ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ०२ पैसा र बिक्री दर १६६ रूपैयाँ ७८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Capture 12