सेयर बजारमा समान्य वृद्धि - Chaitanya News
  • 2026-05-25
  • 22:52:21
  • सोमबार,जेठ ११, २०८३
  • काठमाडौं– साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार सामान्य वृद्धि भएर बन्द भएको छ। यो साताभर नै रेकर्ड बनाएको पुँजी बजारले बिहीबार भने सामान्य वृद्धि हुँदै बन्द भएको छ।

    बिहीबार सेयर बजार ५ अङ्कले बढेको छ। उक्त अङ्कको वृद्धिले नेप्से परिसूचक २०४२ अङ्कमा कायम भएको छ। कारोबार रकम पनि पछिल्लो दिनभन्दा कम रहेको छ। बिहीबार ३ अर्ब १६ करोडमाथिको कारोबार भएको छ। बुधबार कारोबार रकम ५ अर्ब १ करोड रहेको थियो।
    बिहीबार कुल ७५ कम्पनीको मूल्य बढेको छ भने १३९ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ९ वटाको भने स्थिर रहेको छ। बिहीबार धेरै कमाउनेमा सिटी होटल अघि रहेको छ। जसको मूल्य १० प्रतिशत बढेको छ। त्यस्तै, अभियान लघुवित्तको ९ प्रतिशतले बढेको छ। बीपीडब्लू लघुवित्तको ८, कालिका लघुवित्तको ८ र सोल्टी होटलको ६.८ प्रतिशत मूल्य बढेको छ।

    त्यस्तै, उपसमूहतर्फ भने निर्जीवन बीमा १४३, उत्पादन ८, जीवन बीमा ३०८, होटल तथा पर्यटन उपसमूह २०८ अङ्कले बढेको छ। तर बैंकिङ २, विकास बैंक १२, फाइनान्स १६, जलविद्युत् ८, माइक्रोफाइनान्स २१ र व्यापार उपसमूह ४४ अङ्कले घटेको छ।