नेपाल र भारत ए को खेल रद्द - Chaitanya News
  • 2026-06-06
  • 13:50:05
  • शनिबार,जेठ २३, २०८३
  • काठमाडौं– हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ।

    वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग खेल्न पाएन् र टस नै नभई खेल रद्द गरिएको हो। रद्द भएपछि दुवैले एक–एक अंक पाएका छन्।

    समूह बी मा नेपालले दुई खेलपछि एक अंक छ भने भारतले ३ अंक जोडेको छ।

    बिहीबारै तय भएको पाकिस्तान ए र हङकङबीचको खेल पनि रद्द भएको थियो।

    नेपाल पहिलो खेलमा पाकिस्तान(ए सँग प्रतिस्पर्धात्मक खेलमा ९ रनले पराजित भएको थियो।

    नेपालले समूहको अन्तिम खेल हङकङसँग शनिवार खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

    भारत र पाकिस्तानको समान ३ अंक हुँदा नेपाल र हङकङको समान एक अंक छ।