सेयर बजार १६.४२ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब नाघ्यो - Chaitanya News
  • 2026-09-01
  • 17:34:41
  • मंगलबार,भाद्र १६, २०८३
  • सेयर बजार १६.४२ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब नाघ्यो

    सेयर बजार १६.४२ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब नाघ्यो

    काठमाडौं– सेयर बजार आज पनि उकालो लागेको छ। आइतबारबाट सुधारोन्मुख भएको सेयर बजार आज पनि उकालो लागेको हो। आज नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ।

    नेप्से बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। आज २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँमा खरिदबिक्री भयो।

    अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा पुगेको थियो। मंगलबार ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको सेयर कारोबार भएको थियो।

    सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४० अंकले बढेको थियो। सो दिन ३ अर्ब ४५ करोड बढिको सेयर कारोबार भएको थियो। सोमबार २ अर्ब ८८ करोड ६५ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो।

    दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतल हाराहारीमा बढ्यो। खप्तड लघुवित्त वित्तीयको ९.९९ र सिटी होटलको ९.९५ प्रतिशतले सेयर मूल्य बढेको हो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ७ को मूल्य बढ्यो भने ६ को घट्यो। बैंकिङ,हाइड्रोपावर, लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो,माइक्रो फाइनान्स, म्युचुअल फन्ड र अदर्श उपसमूहको सूचक बढेको हो।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बढिको सेयर कारोबार भयो। हिमालयन डिस्टिलरीको २४ करोड र नेपाल लाइफ इन्स्योरेन्सको १४ अर्ब मूल्य बराबरको सेयर कारोबार भयो।

    आज १२६ कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने ६ को स्थिर रह्यो