छलफल नगरी बजेट निर्माण गर्दा धेरै त्रुटि देखियो : सिके राउत - Chaitanya News
  • 2026-05-02
  • 15:23:44
  • शनिबार,बैशाख १९, २०८३
  • छलफल नगरी बजेट निर्माण गर्दा धेरै त्रुटि देखियो : सिके राउत

    छलफल नगरी बजेट निर्माण गर्दा धेरै त्रुटि देखियो : सिके राउत

    काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले छलफल नगरी बजेट निर्माण हुँदा धेरै त्रुटि देखिएको बताएका छन्।

    बुधवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले भने, ‘बजेट बनाउनुभन्दा अगाडी नै छलफल भएको भए आज बजेटमा जुन त्रुटी देखिएको छ। त्यो देखिने थिएन।’

    उनले सबै जिल्लामा समान रुपले बजेट नआएको भन्दै असन्तुष्टि पोखे। बजेटबारे सम्बन्धित मन्त्रालयले अध्ययन गरेर निर्देशन दिन सम्बन्धित मन्त्रालय चुकेको उनको भनाई छ।

    ‘जनताले बजेटमाथि विभिन्न प्रतिक्रिया दिईसके, तर हामी समिति भएर पनि दिन सकेको छैनौं। कसरी विभेद भईरहेको छ,के(के त्रुटि छ भनेर। सबै जिल्लामा समान बजेट छैन्।त्यो हामीले अध्ययन गरेर सम्बन्धित मन्त्रालयले निर्देशन दिनुपर्थ्यो। त्यो कुरामा हामी पछाडी परीसकेका छौं।’ अध्यक्ष राउतले भने, ‘चारैतिर बजेटको कार्यक्रममाथि सुधारका कार्यक्रम र प्रतिक्रिया राखेर बैठक बसौं।