शेयर बजार दोहोरो अङ्कले बढ्यो, चार अर्ब १२ करोड रुपैयाँको कारोबार - Chaitanya News
  • 2026-05-02
  • 15:24:21
  • शनिबार,बैशाख १९, २०८३
  • शेयर बजार दोहोरो अङ्कले बढ्यो, चार अर्ब १२ करोड रुपैयाँको कारोबार

    शेयर बजार दोहोरो अङ्कले बढ्यो, चार अर्ब १२ करोड रुपैयाँको कारोबार

    काठमाडौं – शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ विन्दुमा पुगेको छ।

    आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ। बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ। हिजो सोमवार दुई अर्ब ८८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीका एक करोड आठ लाख कित्ता शेयर चार अर्ब १२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै शिवम् सिमेन्टको २७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो।

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, बुलुङ इनर्जी विकास कम्पनी र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै युनिलिभर नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ।