५० लाखभन्दा कम कारोबार गर्ने पसललाई भ्याट लाग्दैन : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-05-02
  • 15:23:45
  • शनिबार,बैशाख १९, २०८३
  • ५० लाखभन्दा कम कारोबार गर्ने पसललाई भ्याट लाग्दैन : अर्थमन्त्री महत

    ५० लाखभन्दा कम कारोबार गर्ने पसललाई भ्याट लाग्दैन : अर्थमन्त्री महत

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले ५० लाख भन्दा कम कारोबार हुने किसानपसललाई भ्याट नलाग्ने बताएका छन्।

    आव २०८०–०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘५० लाख भन्दा कम कारोबार हुने पसललाई कतै भ्याट लाग्दैन। बाहिरबाट आयातित छ भने त्यसममा मात्र लाग्छ।

    ठूला कारोबार गर्ने आन्तािरक उत्पादन,डिपार्टमेन्टको हकमा भने कर लाग्ने उनले बताएका छन्।

    आलु प्याजमा कर लगाएको बारे अर्थमन्त्री शर्माले नेपाली उत्पादनलाई बढाउन बढाएको बताएका छन्। उनले उत्पादन बढाएर देशलाई आत्मनिर्भरतर्फ उन्मूख बनाउने कृषकलाई प्रोत्साहन गर्न कर लगाएको स्पष्ट पारेका छन्।

    अर्थमन्त्री महतले बाहिरी आयातलाई कम गर्ने उपाय कर पनि भएको बताएका छन्।