शेयर बजार सामान्य बढ्यो - Chaitanya News
  • 2026-05-02
  • 14:52:38
  • शनिबार,बैशाख १९, २०८३
  • काठमाडौ– आज शेयर बजार दिनभरिको उतारचढाव पछि कारोबार बन्द हुने बेलामा सामान्य बढेको छ।

    हिजो ४० अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज ७ दशमलव ७९ अङ्कले बढेर १ हजार ९८७ दशमलव ८७ बिन्दुमा पुगेको छ। आज होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ। विकास बैंक र फाइनान्स समूहको शेयर दोहोरो अङ्कले घटेको छ। आज कारोबार रकम पनि हिजोको भन्दा घटेको छ।

    हिजो झण्डै साढे तीन अर्बको कारोबार भएकोमा आज दुई सय ८५ वटा कम्पनीका ७४ लाख ५४ हजार कित्ता शेयर दुई अर्ब ८८ करोड ६५ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा धेरै सोल्टी होटलको १५ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भयो।

    आज अभियान लघुवित्त, कालीञ्चोक दर्शन र भूगोल इनर्जीको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन आज प्रभु स्मार्ट फण्डको शेयर १० प्रतिशतले घटेको छ।