गेटा मेडिकल कलेजमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्नुपर्छ : मुख्यमन्त्री शाह - Chaitanya News
  • 2026-05-02
  • 10:49:54
  • शनिबार,बैशाख १९, २०८३
  • गेटा मेडिकल कलेजमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्नुपर्छ : मुख्यमन्त्री शाह

    गेटा मेडिकल कलेजमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्नुपर्छ : मुख्यमन्त्री शाह

    काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गेटा मेडिकल कलेजमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्ने बताएका छन्।

    आगामी आर्थिक वर्षको वार्षिक बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिष्ठान उल्लेख भई अस्पष्टता सिर्जना हुन पुगेको भन्दै उनले एक विज्ञप्तिमार्फत संघीय सरकारसँगको सम्वादमा गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम प्रदेशका आम नागरिकको चाहना बमोजिम सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने गरी आवश्यक कानूनी र अन्य व्यवस्था मिलाइने विश्वास पाएको बताएका छन्।

    वार्षिक बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान उल्लेख भई अस्पष्टता सिर्जना हुन पुगेकोप्रति सुदूरपश्चिम प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ।उनले भनेका छन्।, सुविधा सम्पन्न अस्पताल सहितको स्वास्थ्य सेवा एवं चिकित्सा शिक्षाको केन्द्रको रुपमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वाविद्यालय स्थापना र विकास कार्यमा शीघ्रताको लागि नेपाल सरकार सँग विशेष अनुरोध गर्दछौं।