काठमाडौं– अर्थमन्त्री डा.प्रकाशशरण महतले मधेस प्रदेशमा कम बजेट विनियोजन गरेको भन्ने कुरा सत्य नरहेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन्। ‘मधेस प्रदेशमा रकम विनियोजन कम गरिएको छैन,’ मन्त्री महतले भने।
मन्त्री महतले पूर्व(पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज करिडोर, चन्द्रपुर(गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी(मरिण, बागमत(कमलाचन्द्र नहर लगायतका सिंचाइ आयोजना लगायत मधेस प्रदेश लक्षित राष्ट्रिय गौरव तथा ठूला आयोजनाहरुमा उल्लेखनीय बजेट विनियोजन भएको बताएका छन्।
साथै, तराई(मधेस द्रुत मार्गमा उल्लेखनीय बजेट विनियोजन भएको र व्यापारिक तथा पूर्वाधार केन्द्रित आयोजना मधेस प्रदेशमा सञ्चालित रहेकाले मधेसमा कम बजेट गयो भन्नु ठिक नरहेको बताएका छन्।