राजश्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो सजिलो होइन : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-05-02
  • 14:52:10
  • शनिबार,बैशाख १९, २०८३
  • राजश्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो सजिलो होइन : अर्थमन्त्री महत

    राजश्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो सजिलो होइन : अर्थमन्त्री महत

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो सजिलो नभएको बताएका छन्।

    सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले बजेटको उद्देश्य मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनु भएको पनि दोहोर्याएका छन्।

    उनले भने, ‘पुँजीगत खर्च १७ प्रतिशत मात्रै भयो र थोरै भयो भनेर प्रश्न आयो तर रियलमा २७ प्रतिशत हो। जुन चालु तथा साधारण खर्च भन्छौंं त्यहाँ कतिपय पुँजीगत खर्च छ। त्यो भनेको ४ खर्व ७१ अर्व बराबर हुन्छ। तथापि हामी त्यहाँ पनि छ पुँजीगत खर्च भनेर त्यसैलाई आधारित भएर धेरै खर्च गरेका छौं भनेर दावी गर्ने पक्षमा छैनौं। हामी चाहन्छौं पुँजीगत खर्च बढाउनु पर्छ। राजस्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो बढाउने हैन। हामीले अर्थतन्त्र नै चलायमान गराउनु पर्छ।’