धनगढी– कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै एक युवक प्रदेशसभाको गेटमा मौन अनसन बसेका छन्।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का पवर्तराज जोशी सुदूरपश्चिम प्रदेश सभाको प्रवेशद्वारमा सोमबार बिहान १० बजेदेखि अनसनमा बसेका हुन्।
गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग गर्दै चर्का घाममा उनी प्रदेशसभाको गेटमा मौन अनसनमा बसेका हुन्।
गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिममा आन्दोलन जारी छ।