सेयर बजार ४०.४८ अंकले वृद्धि - Chaitanya News
  • 2026-05-02
  • 14:52:11
  • शनिबार,बैशाख १९, २०८३
  • सेयर बजार ४०.४८ अंकले वृद्धि

    सेयर बजार ४०.४८ अंकले वृद्धि

    काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ। २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ। आइतबार सबै उपसूचकहरु हरियाली देखिए। सबैभन्दा धेरै लगानी उपसूचक ९५.११ प्रतिशत० मा वृद्धि भयो। आइतबार २७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ। आइतबार ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ।

    आइतबार भूगोल इनर्जी विकास कम्पनी र सिटी होटलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो। सिटी होटल आइतबारदेखि कारोबारमा आएको हो। गुहेश्वरी मर्चेण्ट, रियलाइन्स फाइनान्स, नागरिक लगानी कोषसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ।

    आइतबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, मेघा म्यूचअल फण्ड, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ। नागरिक लगानी कोष, शिवमः सिमेन्टसहितका धितोपत्रको बढी कारोबार भएको छ।