काठमाडौं– नेपाल राष्ट्र बैंकले २८ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो।
बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल असार २६ गते परिपक्क हुनेछ। बैंकले ९१ दिनको अवधिको लागि ८ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल भदौ २६ गते परिपक्क हुनेछ। बैंकले १८२ दिनको अवधिको लागि ४ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल मंसिर २६ गते परिपक्क हुनेछ। त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ११ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल वि।सं २०८१ साल जेठ २९ गते परिपक्क हुनेछ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल भोलि जेठ २९ गते, आइतबार दिउँसो ३ बजे बोलकबोल भएर पर्सी जेठ ३० गते, मंगलबार बिक्री हुनेछ।
ट्रेजरी बिल भनेको के हो?
ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन्।
![]()