काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानवादीको आन्दोलनको नाममा केही अराजक र असंवैधानिक गतिविधि भएको बताएका छन्।
एमाले नेताहरूमाथि पहिचानवादीले गरेको आक्रमणको विषयमा प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले अराजक घटना निम्त्याउनेलाई कारबाही दायरामा ल्याएको बताए।
‘विविध पक्षको प्रकार संस्था र संगठन छन्। जसले पहिचानको पक्षधर भएको बताउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। हामी संविधान लोकतान्त्र र शान्तिपूर्ण बाटोलाई सुनिश्चिता गर्न चाहन्छौं। संघीयता होस् वा कोशी प्रदेशको वैचारिक विरोध गर्नु वा फरक दृष्टिकारण राख्नु, अर्को नामको पक्षमा जनधर खडा गर्न पाउँछन्,’ उनले भने।
अराजक गतिविधिलाई सरकार छुट नदिने भन्ने कुरा आन्दोलनकारिलाई सरकारले भनिसकेको बताए।