वीर अस्पतालले एक साता ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया गर्ने - Chaitanya News
  • 2026-11-17
  • 10:00:03
  • मंगलबार,मंसिर ०२, २०८३
  • वीर अस्पतालले एक साता ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया गर्ने

    वीर अस्पतालले एक साता ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया गर्ने

    काठमाडौं- वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको छ। ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यका साथ वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको हो।

    सेन्टरको स्थापनासँगै एक साताका लागि ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया हुने बताइएको छ। सेन्टरको स्थापनाले ब्रेन ट्युमर भएका बिरामीको सहज, गुणस्तरीय र छिटो उपचार सम्भव हुने वीर अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख प्रा.डा. राजीव झाले बताए।

    डा. झाका अनुसार अस्पतालमा अधिकांश बिरामी ट्युमर ठूलो भइसकेपछि मात्र उपचारका लागि पुग्ने गरेका छन्। रोग जटिल भएपछि बिरामीलाई बचाउन असम्भव जस्तै हुने डा. झाले बताए।