काठमाडौं– बुधबार सेयर बजार ४.६८ अंकले वृद्धि भएको छ। मंगलबार २५.६६ अंकले वृद्धि भएको नेप्से बुधकारको कारोबारमा पनि बढेर बन्द भएको छ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। मंगलबार एक अर्ब ९८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यसदिन दुई अर्ब ३६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। मंगलबारको तुलनामा नेप्से परिसूचक ०.२४ प्रतिशतले वृद्धि भएर १९३२.३३ विन्दुमा बन्द भएको हो।
आज युनिक नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। यो कम्पनीले थप सेयर (एफपीओ) निष्कासन गरेको थियो। यो कम्पनीको सेयर मूल्य १२३ रुपैयाँ वृद्धि भएर प्रतिकित्ता एक हजार ३५३ रुपैयाँ कायम भएको छ।
होटेलको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ। यो कम्पनीको १० करोड १३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। त्यस्तै सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा शिवम् सिमेन्ट रहेको छ। यो कम्पनीको आठ करोड ९७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ।
कारोबारमा आएका १३ वटा समूहमध्ये पाँचवटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ। सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह रहेको छ। यो समूहको परिसूचक ४.९७ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ।
त्यस्तै, सर्वाधिक परिसूचक घट्नेमा म्युचुअल फन्ड समूहको परिसूचक रहेको छ। यो समूहको परिसूचक ०.६२ प्रतिशतले वृद्धि भएको छ।
आज २६१ धितोपत्रको ६५ लाख ४१ हजार ३८८ कित्ता खरिद–बिक्री भएको तथ्यांक छ।