दुई सय आठ विद्यालयले बुझाए छात्रवृत्तिको विवरण - Chaitanya News
  • 2026-05-02
  • 15:23:44
  • शनिबार,बैशाख १९, २०८३
  • दुई सय आठ विद्यालयले बुझाए छात्रवृत्तिको विवरण

    दुई सय आठ विद्यालयले बुझाए छात्रवृत्तिको विवरण

    काठमाडौं– काठमाडौं महानगरपालिकाले अन्तर्गतका दुई सय आठ विद्यालयले छात्रवृत्ति वितरणको विवरण बुझाएको जनाएको छ।

    महानगर शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले मंगलबार अपरान्ह विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरणको नामावली पेस गर्ने विद्यालयको नाम सार्वजनिक गर्नुभएको हो। महानगरको नियमावली अनुसार संस्थागत विद्यालयले कम्तिमा पनि दश प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ।

    महानगरको शिक्षा विभागले पटक–पटक छात्रवृत्ति वितरण विवरण बुझाउन पत्रचार एवम् सूचना सार्वजनिक गरेपनि सो विवरण पेस नभएपछि मंगलबार पुनः तीन सय ४२ निजी विद्यालयको नाम सार्वजनिक गरेको थियो।