देशको आर्थिक समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलन गरौँ : सांसद भट्टराई - Chaitanya News
  • 2026-05-02
  • 13:57:47
  • शनिबार,बैशाख १९, २०८३
  • देशको आर्थिक समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलन गरौँ : सांसद भट्टराई

    देशको आर्थिक समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलन गरौँ : सांसद भट्टराई

    काठमाडौं– नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन्।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको भन्दै संकट समाधानका लागि बृहत गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन्।

    ूजब आर्थिक संकटको अवस्था आउँछ, त्यतिबेला धेरै देशहरूले बृहत् आर्थिक सम्मेलन, गोलमेच सम्मेलन गर्ने गरेका छन्। सबै राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, हाम्रा विकासका साझेदार अन्तर्राष्ट्रिय समुदायलगायत सबै सबैको सहभागितामा एउटा बृहत गोलमेच सम्मेलन गरौँ,ू उनले भने।

    उनले राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय लगायतको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने बताए। उनले गोलमेच सम्मेलनबाट देशको आर्थिक अवस्थाको सन्दर्भमा साझा धारणा बनाउनुपर्ने बताए।