मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक (पूर्णपाठ) - Chaitanya News
  • 2026-05-02
  • 13:57:17
  • शनिबार,बैशाख १९, २०८३
  • मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक (पूर्णपाठ)

    मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक (पूर्णपाठ)

    काठमाडौं- मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

    नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनिकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ।

    सार्वजनिक क्षेत्रको अनुत्पादक खर्चलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति मधेश प्रदेश सरकारले लिएको पाइएको छ।

    ‘चुरे जोगाउ, मधेश बचाउ’, ‘बेटी बचाउ, बेटी पढाउ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’लगायतका विगतका सरकारले सञ्चालन गरेको अभियानलाई पनि सरकारले निरन्तरता दिइएको छ।