बजेटको अंकमा विश्वास छैन : सांसद स्वर्णिम वाग्ले - Chaitanya News
  • 2026-05-02
  • 13:55:09
  • शनिबार,बैशाख १९, २०८३
  • बजेटको अंकमा विश्वास छैन : सांसद स्वर्णिम वाग्ले

    बजेटको अंकमा विश्वास छैन : सांसद स्वर्णिम वाग्ले

    काठमाडौँ– अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले बजेटको आकारमा विश्वास गुमेको बताएका छन्। वर्षेनी १६–१७ खर्बको बजेट आउने तर कार्यान्वयन ७० प्रतिशत पनि नहुने भएकाले बजेटमाथिको विश्वास गुमेको उनले बताए।

    ुसरकारले ल्याउने बजेटमा आयको अनुमान मिलेन व्यय पनि उस्तै छ। वैदेशिक अनुदार भनेजति आउन सकेको छैन। ऋण पनि भने अनुसार उठ्न सकेको छैन, ब्याज बढ्दै छ। त्यो सबै बजेट, अनुदान, वैदेशिक ऋणले पुग्दैन। आन्तरिक ऋणबाट उठाउनु परेको छ। अहिले खुलेर बजेट बनाउने, पुसमा खुम्च्याउने गर्दा बजेटमाथि आम विश्वास घटेको छ वाग्लेले भने, हावादारी अंकमा आएको बजेट जनताले किन पत्याउने?

    सोमबार राजधानीमा आर्थिक मिडिया सञ्चालक संघ (इम्सन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद वाग्लेले आगामी आर्थिक वर्षको बजेट अपेक्षा गरेर अनुरूपको नआएको बताए।