काठमाडौं- स्रष्टा रामलाल जोशीको कृति ‘बाआमा’ले सामाजिक दायित्वबोधलाई कथामार्फत उजागर गरेको छ। बुकहिलद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा, नायक राजेश हमाल, सर्जक नयनराज पाण्डेलगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
कार्यक्रममा नेता थापाले बाआमाप्रतिको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा नेपालमा डोकोको कथा छ, त्यस्तै चीन, भारतलगायत युरोपियन राष्ट्रमा पनि फरक–फरक विम्ब प्रयोग गरिएको कथा प्रचलित रहेको बताउँदै पुस्तकका कथाले पनि आफ्ना अग्रजको सम्मान र कर्तव्य निर्वाह गर्न सकेको छ कि छैन भन्ने कुराको सम्झना दिलाउने बताए। त्यसैगरी सर्जक पाण्डेले पुस्तक बाआमा पढ्ने हरेक पाठकलाई आमाबुवाप्रति आफूले गरेको व्यवहारको सम्झना दिलाउने र गहिरो प्रश्न गर्ने विचार व्यक्त गरे।
कार्यक्रममा नायक हमालले पनि पुस्तक पढ्दा आफ्ना बाआमासँगको सबै यादलाई ताजा गराएको अनुभव सुनाए।
![]()