सेयर बजार आज १७ अङ्कले घट्यो - Chaitanya News
  • 2026-05-02
  • 13:56:04
  • शनिबार,बैशाख १९, २०८३
  • सेयर बजार आज १७ अङ्कले घट्यो

    सेयर बजार आज १७ अङ्कले घट्यो

    काठमाडौं– सेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय एक दशमलव ९९ विन्दुमा झरेको छ।

    आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ। बजार घटे पनि कारोबार रकम भने बढेको छ। दुई सय ७७ वटा कम्पनीका ५६ लाख २० हजार कित्ता शेयर एक अर्ब ९७ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ८९ रुपैयाँको शेयर किनबेच भयो।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर साढे चार प्रतिशत तथा जोशी हाइड्रो, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त र वरुण हाइड्रोको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन आज रिभर फल्स पावर लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ।