काठमाडौँ– नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ।आज आरएमडीसी लघुवित्त वित्तीय संस्था र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो। दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन्।
नेप्सेमा आरएमडीसी लघुवित्तको २६ प्रतिशत अर्थात् ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
हिमालयन एभरेष्टको २.७५ प्रतिशत अर्थात् ६ लाख १५ हजार ९८३ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस शेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन्।