गर्मी बढेपछि विद्यालय बन्द, परीक्षा यथावत - Chaitanya News
  • 2026-05-02
  • 15:23:24
  • शनिबार,बैशाख १९, २०८३
  • गर्मी बढेपछि विद्यालय बन्द, परीक्षा यथावत

    गर्मी बढेपछि विद्यालय बन्द, परीक्षा यथावत

    सिन्धुली – केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

    नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।

    हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए ।