काठमाडौं– यो साता कारोबार भएको तीनै दिन घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन भने दोहोरो अंकमा वृद्धि भएको छ।
बिहीवार सेयर बजार परिसूचांक नेप्सेमा १६.५४ अंकको वृद्धि भएको हो।
आज नेप्से १६.५४ अंकले वृद्धि हुँदै १८६६.३४ बिन्दुमा पुगेको छ।
नेप्से बढेको दिन अघिल्लो दिनको तुलनामा कारोबार भने उल्लेख्य मात्रामा घटेको छ। आज ६१ लाख २८ हजार कित्ता सेयर कूल १ अर्ब ६५ करोड ४६ लाख बराबरमा किनवेच भएको छ।
१७१ कम्पनीको मुल्यमा उल्लेख्य वृद्धि भएको दिन आज ३७ कम्पनीको मुल्यमा भने गिरावट आएको छ। त्यस्तै ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन्।