सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-06-20
  • 10:33:25
  • शनिबार,आषाढ ०६, २०८३
  • सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

    बुधबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ।

    यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।