चैतन्यले २२औं स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्ने - Chaitanya News
  • 2026-07-16
  • 04:09:37
  • बुधबार,आषाढ ३१, २०८३
  • चैतन्यले २२औं स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्ने

    चैतन्यले २२औं स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्ने

    धनगढी- धनगढीको शिवनगरस्थित चैतन्य पाठशालाले २२औं स्थापना दिवसको अवसरमा रक्तदानसहित विविध कार्यक्रम गर्ने भएको छ।

    शुक्रबार बिहान ८ बजेदेखि विद्यालय प्राङ्गणमा पाठशालाले रक्तदान कार्यक्रमको आयोजना गर्ने विद्यालयका अध्यक्ष गणेश जोशीले जानकारी दिए। सोही कार्यक्रममा १ सय १ पटक रक्तदान गर्ने पत्रकार दीपक उपाध्यायलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ।

    यसका साथै विद्यालय परिवारले बेसहारा महिलाहरूको साहरा बन्दै आएको दृष्टि फाउण्डेसनमा खाद्यान्न सहयोग गर्ने भएको छ। जोशीका अनुसार थोरै भए पनि फाउण्डेसनमा रहेका महिलाहरूलाई सहयोग पुगोस् भन्ने उदेश्यका साथ खाद्यान्न सहयोग गरिने भएको हो।

    विद्यालय स्थापना दिवसकै अवसर पारेर धनगढीका प्रशिद्ध मन्दीरहरू शिवपुरिधाम, लक्ष्मीनारायण, बनदेवी, जाईस्थित गौरि शंकर परिसरमा सरसफाइ गरिने भएको छ। स‌ंस्कारसहितको शिक्षामा जोड दिँदै आएको विद्यालयले बेला-बेला सामाजिक उत्तरदायीत्वका कार्यक्रम पनि गर्दै आएको छ।

    विद्यालय स्थापना दिवसको अवसरमा पनि विद्यालयले सोही क्रमलाई निरन्तरता दिने भएको हो।