काठमाडौं– ६ वटा महानगरपालिकामध्ये पोखराले संघीय सरकारले दिने अनुदान सबभन्दा धेरै पाएको छ।
आर्थिक वर्ष २०८०–८१ को बजेटको ‘अन्तर सरकारी वित्तीय हस्तान्तरण’ अनुसार पोखराले २ अर्ब ७६ करोड ३२ लाख अनुदान पाएको छ। जसमा समानीकरण अनुदान ४८ करोड ७० लाख, सशर्त अनुदान २ अर्ब २३ करोड ६२ लाख र समपूरक अनुदान ४ करोड छ। पोखराले विशेष अनुदान भने पाएको छैन।
काठमाडौं महानगरपालिकाले २ अर्ब १४ करोड २१ लाख अनुदान पाएको छ। जसमा १ अर्ब ४३ करोड ७६ लाख सशर्त अनुदान छ भने ७० करोड ५५ लाख समानीकरण अनुदान छ। काठमाडौंले विशेष र समपूरक अनुदान पाएको छैन।
चितवनको भरतपुर महानगरले १ अर्ब ७५ करोड ३ लाख अनुदान पाएको छ। जसमा १ अर्ब २६ करोड ७२ लाख सशर्त र ३९ करोड ६ लाख समानीकरण अनुदान पाएको छ। यस्तै २ करोड ७५ लाख समपूरक र ६ करोड ५० लाख विशेष अनुदान पाएको छ।
वीरगञ्ज महानगरपालिकाले १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ अनुदान पाएको छ। जसमध्ये ९० करोड १७ लाख रुपैयाँ सशर्त अनुदान, ३६ करोड २९ लाख समानीकरण अनुदान, २ करोड २५ लाख विशेष अनुदान र ४ करोड ५० लाख समपूरक अनुदान पाएको छ।
विराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुदान पाएको छ। जसमध्ये ७७ करोड ७८ लाख सशर्त अनुदान, समानीकरण अनुदान ३४ करोड ८६ लाख, विशेष अनुदान ६ करोड र समपूरक अनुदान ६० लाख रुपैयाँ पाएको छ।
ललितपुर महानगरपालिकाले १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ अनुदान पाएको छ। जसमध्ये ६७ करोड ६ लाख सशर्त अनुदान, ३९ करोड ८१ लाख समानीकरण अनुदान, २ करोड ५० लाख विशेष अनुदान र ४ करोड ५० लाख समपूरक अनुदान पाएको छ।