काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले सरकारले तलव भत्ता खुवाउन सकेन भन्ने कुरामा सत्यता नभएको जिकिर गरेका छन्।
मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सरकार तलव भक्ता खुवाउने दायित्वबाट पछि नहट्ने बताएका हुन्। उनले भने, ‘तलव नै छैन भन्ने उडन्ते कुराको पछाडि तपाईहरु त लाग्नु भएन नी। कम्तिमा तपाईहरुले त यो कुरा बुझ्नु प(यो नी।’
सामाजिक सुरक्षाको सवालमा सरकारले गरेको प्रयासलाई लिएर उठेका प्रश्नमा अर्थमन्त्री महतले गर्दा पनि नहुने, नगर्दा पनि आलोचना गर्ने प्रवृति अन्त्य गर्न आग्रह गरे।
उनले भने, ‘मितव्यीताको कुरामा पहल गरेन भने पनि पहलै गरेन। पहल गरे पनि यतिले के चाहीँ हुन्छ र भन्नु भएन। जे कुरा प्रस्तावित गरेका छौं कमसेकम सुरुवात त गरेका छौं। राम्रो ग(यो भन्दीनुस। मैले भनिसके सामाजीक सुरक्षा, भत्ता, साधारण खर्च भए पनि त्यो निरन्तर हुनेछ। तलव भत्ता त्यो दिनै पर्ने कुरा हो नदिने कुरा भएन्।’
अनावश्यक खर्च कटौतिका लागि सरकार गम्भिर रुपमा प्रस्तुत हुने अर्थमन्त्री महतको भनाई छ। ‘त्यो भन्दा बाहेक हामीले बचाउने भनेको अनावश्यक खर्च कही भईरहको छ चने त्यसलाई रोक्ने कुरा हामीले गरिरहेका छौं। तपाईहरुले नै निरुत्साहीत गरेपछि सुधार हुँदैननी । त्यसैले सेकेण्ड जेनेरेशनको सुधारको कुरा पनि त्यही हो।
त्यस्तै सेयर बजारलाई कानुनी व्यवस्था अनुसार अतिरिक्त छुट दिइएको अर्थमन्त्री महतको दाबी छ