काठमाडौं– बैंक तथा वित्तीय संस्थामा ब्याजका निम्ति रकम राख्ने व्यक्तिहरूका लागि सरकारले कर बढाएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने ब्याजमा लाग्ने कर बढाएका हुन्।
गत वर्ष बैंक तथा वित्तीय संस्थाले दीर्घकालीन प्रकृतिको निक्षेप महँगो ब्याजदरमा उठाएका थिए।
अर्थमन्त्री डा. महतले ब्याजकर एक प्रतिशत विन्दुले बढाएका हुन्। अहिले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने ब्याजमा पाँच प्रतिशत कर लाग्दै आएको छ। अर्थमन्त्रीले अबदेखि उक्त ब्याजदरमा ६ प्रतिशत कर लाग्ने व्यवस्था गरेका हुन्।