बजेटपछिको पहिलो कारोबार दिनमै सेयार बजार ५३.१६ अंकले घट्यो - Chaitanya News
  • 2026-05-02
  • 11:46:52
  • शनिबार,बैशाख १९, २०८३
  • बजेटपछिको पहिलो कारोबार दिनमै सेयार बजार ५३.१६ अंकले घट्यो

    बजेटपछिको पहिलो कारोबार दिनमै सेयार बजार ५३.१६ अंकले घट्यो

    काठमाडौं– बजेटपछिको पहिलो कारोबार दिनमै सेयार बजार दोहोरो अंकले घटेको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्जको बजार परिसूचक ५३.१६ अंक घटेर बजार बन्द भएको छ।

    मंगलबार १८८८.६१ विन्दुमा झरेको बजारमा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट आयो। ९ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने ३ वटाको स्थिर रह्यो।

    मंगलबार कारोबार रकम २ अर्ब ३० करोड नाघेको छ। ७० लाख ७४ हजार कित्ता सेयर ४० हजार ६३४ पटक खरिदबिक्री हुँदा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ।

    बजारमा सबै उपसूमह रातो भए। स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, सिटिजन्स म्युचअल फन्ड–१, सामुदायिक लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाए।