संघबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट - Chaitanya News
  • 2026-05-02
  • 11:46:39
  • शनिबार,बैशाख १९, २०८३
  • संघबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट

    संघबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट

    कठमाडौं– सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०,८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे। अर्थमन्त्रीले सार्वजनिक गरेको बजेट अनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ। जुन ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा जाने छ। स्थानीय तहलाई २ खर्ब ९५ अबै २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुनेछ।

    सबैभन्दा धेरै गाउँपालिकालाई गएको छ। ४ सय ६० गाउँपालिकालाई सरकारले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख वित्तीय हस्तान्तरण गरेको हो। गाउँपालिकालाई समानीकरण अनुदान ४३ अर्ब ६५ करोड १० लाख, सशर्त अनदान ९० अर्ब ८४ करोड ६२ लाख, विशेष अनुदान ४ अर्ब ६५ करोड ३४ लाख गरी र समपुरक ३ अर्ब ९१ करोड ३३ लाख गरी १ खर्ब ४३ अर्ब ६ करोड हस्तान्तरण भएको हो।