संसदमा बजेट पढ्ने क्रममा बजेटको केही बुँदा अर्थमन्त्रीले पढ्नै छुटाए - Chaitanya News
  • 2026-11-14
  • 12:57:28
  • शनिबार,कार्तिक २९, २०८३
  • संसदमा बजेट पढ्ने क्रममा बजेटको केही बुँदा अर्थमन्त्रीले पढ्नै छुटाए

    संसदमा बजेट पढ्ने क्रममा बजेटको केही बुँदा अर्थमन्त्रीले पढ्नै छुटाए

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट पढ्ने क्रममा केही बुँदा पढ्न छुटेको स्वीकार गरेका छन्। उनले शिक्षाको बजेटका केही बुँदा संसदमा पढेका थिएनन्।

    सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा। महतले केही बुँदा छुटेको स्वीकार गरे। ‘पढ्न छुटाएको सत्य हो। टाँसिएर अर्को पेजमा पुगेको छ’, बढानीलकण्ठ जस्ता स्कुल सातै प्रदेशमा लैजानेबारे अध्ययन गर्ने लगायतका बुँदा छुटेको भन्दै उनले हाँस्दै भने, ‘तर त्यो रेकर्डमा छँदैछ।