विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर - Chaitanya News
  • 2026-05-02
  • 11:46:20
  • शनिबार,बैशाख १९, २०८३
  • विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

    विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

    काठमाडौँ –  नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    आज डलरको खरिद दर १३१ रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपैयाँ ५१ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ३५ पैसा र बिक्री दर १४१ रूपैयाँ ९९ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८७ पैसा र बिक्री दर १६३ रूपैयाँ ६१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Capture 29