कृषिमा हालसम्मकै धेरै बजेट विनियोजन - Chaitanya News
  • 2026-05-02
  • 10:38:15
  • शनिबार,बैशाख १९, २०८३
  • कृषिमा हालसम्मकै धेरै बजेट विनियोजन

    कृषिमा हालसम्मकै धेरै बजेट विनियोजन

    काठमाडौं– सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ। संसदमा आर्थिक वर्ष (आव) २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए।

    चालु आर्थिक वर्ष २०७९–८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो। सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ।

    यस्तो छ पछिल्लो १० वर्षको कृषि क्षेत्रको बजेट

    आव २०७०–७१ –२१ अर्ब ४० करोड
    आव २०७१–७२ –२३ अर्ब २८ करोड
    आव २०७२–७३ –२१ अर्ब ५१ करोड
    आव २०७३–७४ –२७ अर्ब ४३ करोड
    आव २०७४–७५ –२४ अर्ब २६ करोड
    आव २०७५–७६ –२९ अर्ब ९४ करोड
    आव २०७६–७७ –३४ अर्ब ८३ करोड
    आव २०७७–७८ –३७ अर्ब ४० करोड
    आव २०७८–७९ –४५ अर्ब ०५ करोड
    आव २०७९–८० –५५ अर्ब ८९ करोड