सरकारले लगानी सम्मेलन गर्ने - Chaitanya News
  • 2026-05-02
  • 09:34:47
  • शनिबार,बैशाख १९, २०८३
  • सरकारले लगानी सम्मेलन गर्ने

    सरकारले लगानी सम्मेलन गर्ने

    काठमाडौं– सरकारले २०८० सालमा लगानी सम्मेलन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले २०८० मा लगानी सम्मेलन गरिने जानकारी दिए।

    उनले विदेशी लगानीका लागि लगानी पूर्वाधार तय गरिनेसमेत प्रस्ट पारेका छन्। स्थानीय मुद्रामा आधारित हरित फन्ड र ऊर्जा फन्डबाट पुँजी जुटाइने उनको भनाइ छ।

    यस्तै द्रूत मार्ग, सुरुङमार्ग, जलाशय र जलविद्युत लगायतमा वैदेशिक लगानी खोजिने महतले बताए।