अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष, एक अर्ब विनियोजन - Chaitanya News
  • 2026-06-17
  • 09:36:33
  • बुधबार,आषाढ ०३, २०८३
  • अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष, एक अर्ब विनियोजन

    अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष, एक अर्ब विनियोजन

    काठमाडौं– सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्ने भएको छ। त्यसका लागि एक अर्ब विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए।

    सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइनेछ। अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको उनले बताए।

    संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०८१ को बजेट पेस गर्दै मन्त्री महतले कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिने बताए।

    सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कार सम्बन्धी कार्यक्रमलाई यसमा आबद्ध गर्दै लगिनेछ र प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने उनको भनाइ छ।