मुलुकको आर्थिक स्थिति सन्तोषजनक छैन : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-06-17
  • 09:36:34
  • बुधबार,आषाढ ०३, २०८३
  • मुलुकको आर्थिक स्थिति सन्तोषजनक छैन : अर्थमन्त्री महत

    मुलुकको आर्थिक स्थिति सन्तोषजनक छैन : अर्थमन्त्री महत

    काठमाडौं– अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको आर्थिक अवस्था सन्तोषजनक नभएको स्विकार गरेका छन्।

    आईतबार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै मन्त्री महतले वित्तिय स्थितिभन्दा सामाजिक तथा भौतिक पूर्वाधारमा लगानीको अवस्था सन्तोषजनक भएको बताए।

    ‘विगतमा सार्वजनिक संस्थाले मुलुकको आर्थिक, सामाजिक तथा पूर्वधार विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भएता पनि सञ्चालन र व्यवस्थापनमा देखा परेका कमि–कमजोरीहरुको कारणले समग्र वित्तिय स्थिति सन्तो्षजनक छैन।

    ‘सामाजिक तथा भौतिक पूर्वाधारमा सन्तोषजनक उपलव्धि भएको छ। यस पटकको आर्थिक सर्वेक्षणमा राष्ट्रिय जनगणना २०७८ को जनसंखिक संरचना र लाभलाई आर्थिक दृष्टिकोणबाट विश्लेषण गरि छुट्टै अध्ययनको रुपमा प्रस्तृत गरिएको छ, मन्त्री महतले वित्तिय स्थिति सुधारका लागि पनि सरकारले आवश्यक प्रयास गरिरहेको बताए।