साताको पहिलो दिन आइतबार १७.३८ अंकले घट्यो सेयर बजार - Chaitanya News
  • 2026-06-17
  • 07:46:25
  • बुधबार,आषाढ ०३, २०८३
  • साताको पहिलो दिन आइतबार १७.३८ अंकले घट्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार १७.३८ अंकले घट्यो सेयर बजार

    काठमाडौं– पछिल्लो हाप्ता उल्लेखेनीय रुपमा बढेको सेयर बजार यो साताको पहिलो कारोबारको दिन आइतबार १७.३८ अंकले घटेको छ। उक्त अंकको गिरावटले नेप्से परिसूचक १९४१ अंक कायम भएको छ।

    यद्यपि, कारोबार रकम पनि बढेको छ। आइतबार २ अर्ब ६३ करोड माथीको कारोबार भएको छ। आइतबार १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको मूल्य भने घटेको छ। त्यस्तै, ३ वटा कम्पनीको भने मूल्य स्थिर रहेको छ।

    उपसमूहतर्फ भने एकाधबाहेक अधिकांश राताम्मे भएका छन्। सबैभन्दा धेरै निर्जिवन बीमा उपसूमह २५३ अंक गिरावट आएको छ। त्यस्तै, जीवन बीमा उपसमूह १९०, होटल तथा पर्यटन उपसूमहको ११०, वित्तिय ३९, विकास बैंक ७३, लघुवित्त ३२ अंकले गिरावट आएको छ।

    आइतबार धेरै कमाउनो यूनियन लाइफ इन्सूरेन्स, आत्मनिर्भर लघुवित्त, यूनिलिभर नेपाल लिमिटेड रहेका छन्। यूनियन लाइफ इन्सूरेन्स आत्मनिर्भर लघुवित्तको मूल्य भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो।