चैतन्य पाठशालाले आयोजना गरेको अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता ४२ विद्यालय सहभागी - Chaitanya News
  • 2026-07-16
  • 02:58:33
  • बुधबार,आषाढ ३१, २०८३
  • चैतन्य पाठशालाले आयोजना गरेको अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता ४२ विद्यालय सहभागी

    चैतन्य पाठशालाले आयोजना गरेको अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता ४२ विद्यालय सहभागी

    धनगढी- धनगढीमा प्रथम चैतन्य पाठशाला अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता २०८० आयोजना गरिएको छ। धनगढी उपमहानगरपालीका-५ शिवनगरमा रहेको चैतन्य पाठशालाको आयोजनामा पहिलो पटक प्रथम चैतन्य पाठशाला अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता सुरु भएको हो।

    दुई दिनसम्म चल्ने अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा धनगढी उपमहानगरका ४२ विद्यालयको सहभागिता रहेको बताइएको छ। पहिलो दिन शुक्रबार बिहान प्रभात र्‍यालीसहित नगर परिक्रमा गरिएको पाठशालाले जनाएको छ। चैतन्य पाठशालाका प्राध्यानाध्यापक हरिप्रसाद जोशीकाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम खेलकुद परिषद सदस्य सचिव दीपक बहादुर सिंह प्रमुख अतिथि रहेका थिए।

    उनले विभिन्न खेलकुदका गतिविधि बढाउन र बजेटको माग गर्न सरकारसँग माग गर्ने बताए। जसरी चैतन्य पाठशालाले निजी क्षेत्रबाट नियम पूर्वक तेक्वान्दो प्रतियोगिताको आयोजना गरेकोमा निकै खुसी ब्यक्त गर्दै धन्यवाद ब्यक्त गरेका छन्। यस्मा सुदूरपश्चिम खेलकुद परिषदबाट हुने सहयोग गर्न तयार रहेको उनको भनाई छ।

    पाठशालाका सहायक प्राध्यानाध्यापक कटक सिंहले चैतन्य पाठशाला स्थापना भैसकेपछि संस्कारसहितको शिक्षाको समग्र क्षेत्रलगायत खेलकुद र विद्याथीको चौर्तफि ब्यक्तीत्व विकास गर्ने उद्देश्यले विद्यार्थीको माग बमोजिम विद्यालयमा तेक्वान्दो दोजाङ्गको ब्यवस्था गरेको बताए।

    तेक्वान्दो दोजाङ्ग भनेको प्रशिक्षण एकडेमी हो। चैतन्य पाठशालाले एकडेमी स्थापना गरेको पाठशालाका सहायक प्राध्यानाध्यापक सिंहले बताए। प्रशिक्षण एकडेमीबाट उत्पादन भएका बिद्यार्थीहरु र धनगढीका बिभिन्न माध्यमिक विद्यालयमा रहेका तेक्वान्दो खेलाडीलाई सहभागी गराएर यो कम्पीटिसन आयोजना गरिएको बताए।

    लामो समयपछि निजी क्षेत्रबाट भएको प्रतियोगितामा ४२ विद्यालयका छात्र छात्रा गरी विभिन्न तौल समुहका करिब १७० तेक्वान्दो खेलाडीले सहभागीता जनाएको उनले बताए। १३ राष्ट्रपति रनिङ सिल्डको रजत पदक विजय भुबनेश्वर सार्कीलाई नगद पाँच हजारसहित ट्रफि वितरण गरिएको बताए।

    दोजाङका प्रमुख, प्रशिक्षक, निर्णायकको उपस्थिति रहेको छ। प्रथम द्वित्तीय र तृत्तीयलाई ट्रफि, मेडलसहित पुरस्कारको ब्यवस्था गरिएको जनाइएको छ। बेष्ट रेर्फि फाइटर अवार्ड, बेष्ट रनर अफ र बेष्ट खेलाडीलाई ट्रफि, मेडल भोली बितरण गरिने जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथि तथा अतिथीलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ।

    विशिष्ट अतिथीमा कैलाली जिल्ला तेक्वान्दो कार्य समिति अध्यक्ष बुद्धि खड्का, अतिथीमा पूर्वराष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी कैलाली जिल्ला पूर्वअध्यक्ष प्रकाश कुमार चन्द, सुदूरपश्चिम खेलकुद परिषद सदस्य सञ्चिता चौधरी, वडा नम्बर ४ का सदस्य भागिराम चौधरीलगायत तेक्वान्दो प्रशिक्षक देवराज चौधरी, सुदूरपश्चिम तेक्वान्दो संघ सचिव श्रीराम चौधरी, कैलाली जिल्ला सहसचिव धन बहादुर चौधरी, दोजाङ्ग प्रशिक्षक रमेश छेडाललगायत विद्यार्थीको उपस्थिति रहेको थियो।