एमालेविरुद्ध हावाहुरी चलाइयो, संसद अवरुद्ध हुनैपर्छ : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-17
  • 02:13:43
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेविरुद्ध हावाहुरी चलाइयो, संसद अवरुद्ध हुनैपर्छ : अध्यक्ष ओली

    एमालेविरुद्ध हावाहुरी चलाइयो, संसद अवरुद्ध हुनैपर्छ : अध्यक्ष ओली

    काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले कुनै पनि भ्रष्टाचारको काण्डमा संलग्न नभएको एमालेविरुद्ध सत्तारुढ दलहरुले मिलेर आरोप लगाइरहेको बताएका छन्।

    शुक्रबार पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले मिडिया, सामाजिक सञ्जाल सबैतिर एमालेविरुद्ध हावाहुरी चलाइएको दबी गरे। माओवादी सांसद लेखनाथ दाहालले एउटा जड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति दिएकाले एमालेले संसद अवरुद्ध गरेको ओलीको दाबी छ।

    ‘अस्तिका दिन मात्रै एकजना माओवादी सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा १ अर्व केपी ओलीले खायो, कहाँ गयो त्यो? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार ग¥यो भनेर बोले। आज त्यस विषयमा संसद अवरुद्ध। हुनैपर्छ संसद अवरुद्ध। किनभने यस्तो बकबास, एउटा जड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो कुराहरु बोलेर हिँडदैनन्,’ ओलीले भने।

    एमाले र आफू स्वयंले जिन्दगीभर भ्रष्टाचारविरुद्ध अभियान चलाएर आएको उल्लेख गर्दै अध्यक्ष ओलीले देशद्रोही तत्वहरुले देशमा कुनै व्यक्ति इमान्दार छैन भन्ने स्थापित गरेर देशप्रति बितृष्णा जगाउन खोजेको दाबी गरे। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिक भएका मान्छेहरुको नाम पोल्न लगाएर तयारीका साथ बयान रोकेर सही गराइएको आरोप लगाए।

    ‘१२ गते मान्छे गिरफतार हुन्छन्। १८ गते दलालहरु ल्याएर गिरफ्तार मान्छेहरुसँग घण्टौं भेटघाट गराएर नयाँ खालका योजना बनाईन्छ। ती मान्छे किन गए त्यहाँ? कसले पठायो? नौ करोड मैले बुझाएँ भन्छ एउटा मान्छे। कहाँबाट ल्याएर बुझायो? दुनियासँग पैसा उठाएको छ उसले, ऊ अपराधी हो कि होइन? तर सरकार नौ करोड बुझाएको मान्छेलाई सूचना दातामा पो राख्छ। यहाँ मिलेमतो छैन कसरी भन्ने? ओलीले प्रश्न गरे।