विदेशी कूटनीतिज्ञलाई प्रधानमन्त्रीको सम्बोधन [तस्बिरहरू] - Chaitanya News
  • 2026-05-25
  • 08:53:26
  • सोमबार,जेठ ११, २०८३
  • विदेशी कूटनीतिज्ञलाई प्रधानमन्त्रीको सम्बोधन [तस्बिरहरू]

    विदेशी कूटनीतिज्ञलाई प्रधानमन्त्रीको सम्बोधन [तस्बिरहरू]

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंस्थित विभिन्न देशका कूटनीतिज्ञहरूलाई सम्बोधन गरेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत, दातृ निकाय र विकास साझेदार संस्थाका प्रमुखहरू सहभागी थिए।

    नेपालको पछिल्लो राजनीतिक विकासक्रम, आर्थिक अवस्था र वर्तमान सरकारका विदेश नीतिका प्राथमिकताबारे प्रचण्डको ब्रिफिङ रहेको थियो।

    प्रधानमन्त्री प्रचण्डले २०७९ मा भएका स्थानीय र संसदीय चुनावले नेपालको लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्दै मजबुद् बनाएको बताए। उनले वर्तमान सरकार संक्रमणकालीन न्यायका बाँकी रहेका काम टुंगोमा पुर्‍याउन प्रतिवद्ध रहेको बताए।

    विभिन्न चुनौतीका बाबजुद् अहिले नेपाली अर्थतन्त्रले सुधारको गति समातेको उनले उल्लेख गरेका थिए। चालु खर्च कम गर्न आफ्नो सरकारले विभिन्न खर्च कटौती गरेको प्रधानमन्त्री प्रचण्डले बताए।