सुनको मूल्य बढेर १ लाख ११ हजार २ सय पुग्यो - Chaitanya News
  • 2026-06-22
  • 23:28:08
  • सोमबार,आषाढ ०८, २०८३
  • सुनको मूल्य बढेर १ लाख ११ हजार २ सय पुग्यो

    सुनको मूल्य बढेर १ लाख ११ हजार २ सय पुग्यो

    काठमाडौं- मंगलबार सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ।

    तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। अघिल्‍लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ९०० मा कारोबार भएको थियो।

    यसअघि वैशाख २१ गते सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो।

    सुनको मूल्य बढेपनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।