एक कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा - Chaitanya News
  • 2026-06-22
  • 23:29:30
  • सोमबार,आषाढ ०८, २०८३
  • एक कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा

    एक कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर प्रविन विकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै सेवाग्राहीसँग घुस-रिसवत लिएको आरोपमा कास्कीको पोखरा महानगरपालिका २८ नम्बर वडा कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रविनविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

    सब-इन्जिनियर प्रविनले बाटो निर्माणका क्रममा सेवाग्राहीसँग पन्ध्र हजार घुस लिएको अख्तियारको ठहर छ ।