कति छ आज विदेशी मुद्राको विनिमय दर ? - Chaitanya News
  • 2026-06-22
  • 23:29:33
  • सोमबार,आषाढ ०८, २०८३
  • कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं –  नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    आज डलरको खरिद दर १३० रूपैयाँ ५८ पैसा र बिक्री दर १३१ रूपैयाँ १८ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ २६ पैसा र बिक्री दर १४४ रूपैयाँ ९२ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ३७ पैसा र बिक्री दर १६६ रूपैयाँ १३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Capture 9